मकवानपुर-२ मा २५ वर्षीय प्रशान्त उप्रेती विजयी

हेटौंडा । मकवानपुर क्षेत्र नम्वर–२ मकवानपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रशान्त उप्रेती विजयी भएका छन् । नेकपा एमालेका महेश बर्तौलालाई हराउँदै उप्रेती विजयी भएका हुन् ।

उप्रेतीले ३० हजार ५० मत पाएर निर्वाचित भएका हुन् । आईतवार निर्वाचन आयोगले उप्रेतीलाई प्रमाणपत्र प्रदान गरेको छ । उप्रेतीका निकटतम् प्रतिस्पर्धी बर्तौलाले १८ हजार ४ सय २४ मत मात्रै पाए । तेस्रोमा रहेका नेपाली कांग्रेसका उम्मेद्वार बुद्द लामाले १५ हजार ५६ मत पाउँदा नेकपाका लवशेर विष्टले १२ हजार ४ सय ९२ मत पाए भने उज्यालो नेपालका प्रविन स्याङ्तनले ६ हजार २ सय ३७ मत पाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*