१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?

काठमाण्डाै । प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत प्रत्यक्षतर्फ १६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक भएकाे छ ।

मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले सबैभन्दा धेरै १२५ सिट जितेकाे छ । यस्तै नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टी नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ सिट जितेका छन् । यस्तै १ स्वतन्त्र उमेदवार पनि चुनावमा विजयी भएका छन् ।

पछिल्लाे पटक सङ्खुवासभाको मतपरिणाम सार्वजनिक हुँदा एमालेका अर्जुनकुमार कार्की विजयी हुनुभएकाे छ । यस्तै धनुषा क्षेत्र नम्बर १ मा आयाेगले नेकपाका मातृकाप्रसाद यादवलाई आयाेगले निर्वाचित भएकाे प्रमाणपत्र दिएकाे छ ।

प्रतिनिधिसभा सदस्य चुनावका लागि गएकाे बिहीवार मतदान भएकाे थियाे । यस्तै अहिले समानुपातिकतर्फकाे मतगणना भइरहेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*