टाउको दुख्छ ? यी पाँच उपाय अपनाऔं

टाउको दुखाइ कुनै ठूलो रोग होइन, सामान्य मानिन्छ। तर, यही सामान्य मानिने टाउको दुखाइले निकै कष्ट दिन्छ। अनुसन्धानबाट थाहा पाइएका केही सामान्य उपाय अपनाए हामी टाउको दुखाइको सिकार हुनबाट जोगिन सक्छौँ । पानीः महिनामा दुई पल्ट कडा वा पाँच पल्ट सामान्य टाउको दुख्ने मानिस सहभागी गराएर एउटा अनुसन्धान गरियो। सहभागीहरूलाई पर्याप्त निदाउन र तनाव व्यवस्थापन गर्न पनि सिकाइयो। दुई समूहमध्ये एउटा समूहलाई अनुसन्धान अवधिभर उनीहरूले नियमित पिउनेभन्दा दैनिक डेढ लिटर बढी पानी पिउन भनियो।

तीन महिनामा बढी पानी पिउने समूहका सहभागीको माइग्रेनमा उल्लेख्य सुधार भएको पाइयो। समूहका ४७ प्रतिशतले टाउको दुखाइ निकै कम भएको अनुभव सुनाए। जबकि बढी पानी नपिउने समूहका सहभागीमध्ये २५ प्रतिशतले मात्र टाउको दुखाइमा सुधार भएको बताए। टाउको दुखाइको अवधि र ‘फ्रिक्वेन्सी’ मा भने फरक परेन। तर, अलिकति बढी पानी खाँदैमा केही बिगार पनि हुँदैन, त्यसैले केही दिन प्रयोगकै रुपमा १–२ लिटर पानी बढी खाएर हेर्नुस्। पानीको बोतल जहाँ जाँदा पनि सधैं बोक्नुहोस् र खाली हुनासाथ नबिर्सी भरिरहनुहोस्, ताकि बढी पानी खानुपर्छ भनेर बोतलले नै तपाईंलाई सम्झना दिलाइरहोस्।

क्याफिनः क्याफिनले दुखाइ कम गर्नसक्छ। ‘सिस्टमेटिक रिभ्यु द्याट इन्क्लुडेड फाइभ हेडेक स्टडिज’ अन्तर्गत एक हजार पाँच सय तीन जना सहभागीमा गरिएको परीक्षणमा क्याफिनले दुखाइ कम गर्ने देखाएको थियो। सहभागीमध्ये सबै माइग्रेन वा तनावका कारण टाउको दुख्नेहरु थिए। कफी खाँदा क्याफिनको मात्रा सय मिलिग्राम वा बढी भएपछि र पेनकिलर ९इबुप्रोफिन वा प्यारासिटामोल० सेवन गर्दा ३३ प्रतिशतलाई आराम भएको थियो भने पेनकिलर मात्र सेवन गर्ने समूहका २५ प्रतिशतलाई आराम भएको थियो।

दैनिक चार सय मिलिग्रामभन्दा बढी क्याफिन सेवन गर्ने ५० हजार जनाभन्दा बढी नर्बेजियालीमा टाउको दुखाइ र क्याफिनको सम्बन्धबीच एउटा अनुसन्धान गरिएको थियो। सहभागीमध्ये सबैभन्दा बढी क्याफिन ९दैनिक ५४० मिलिग्राम० सेवन गर्नेहरूलाई माइग्रेनलगायत टाउको दुखाइको सम्भावना १० प्रतिशत बढी पाइयो। यसले के देखायो भने माइग्रेनको टाउको दुखाइमा क्याफिनयुक्त खाना जस्तैः कफी कम खानु उपयुक्त हुन्छ। तर तनाव तथा अन्य कारणको टाउको दुखाइमा भने क्याफिनले फाइदा गर्छ।

अध्ययनमा जब टाउको दुखाइको दोहोरिने प्रवृत्तिको अध्ययन गरियो, थोरै मात्रामा क्याफिन ९दैनिक २४० मिलिग्राम० सेवन गर्नेको तुलनामा बढी मात्रामा क्याफिन सेवन गर्नेलाई ‘नन–माइग्रेन’ टाउको दुखाइ महिनामा ७ पल्टभन्दा कम मात्र हुने गरेको पाइयो। यसमा क्याफिनको बढी मात्राले टाउको दुखाइ घटाउने तथ्य पाइयो। अनुसन्धानकर्ताले सबैभन्दा थोरै क्याफिन ९दैनिक १२५ मिलिग्राम० सेवन गर्नेहरूलाई भने महिनामा १४ पल्टभन्दा बढी टाउको दुख्नसक्ने तथ्य पत्ता लगाए। ती सहभागीहरू बढी संवेदनशील र क्याफिनप्रति उदासिन भएका कारण यस्तो हुनसक्ने अनुसन्धानकर्ताले बताए।

निदाएका बेला टाउको दुख्ने रोगलाई हिप्निक हेडेक भनिन्छ। आक्कलझुक्कल कसैकसैलाई मात्र हुने हिप्निक हेडेकमा १५ मिनेटदेखि ३ घन्टासम्म टाउको दुख्नसक्छ र यो खासगरी बुढापाकालाई हुन्छ। हिप्निक हेडेकको उपचार कडा कफी खुवाएर गरिन्छ।

उपवासः केही व्यक्तिमा उपवासपछि पनि टाउको दुख्नेगर्छ। खासगरी बेलुकी ६ बजेदेखि अर्को दिन बिहान १० बजेसम्म भोकै बस्दा यसरी टाउको दुख्नेगर्छ। डेनमार्कमा गरिएको एउटा अनुसन्धानले २५ जनामध्ये एक जनालाई यस्तो उपवासका कारण टाउको दुख्ने गरेको पत्ता लगाएको थियो। दुखाइमा केही नखाई खाली पेटमा गर्नुपर्ने रगत वा अन्य परीक्षण तथा उपवासबाट शारीरिक वजन घटाउँदा वा अत्यन्त न्यून ऊर्जायुक्त भोजन ९लो एनर्जी डाइटिङ० गर्दा टाउको दुख्नसक्छ। यस्तो टाउको दुखाइमा पनि कफी सेवनबाट सुधार हुनसक्छ। रगतलगायत परीक्षणमा भोको पेट बस्नुको साटो कस्ता तरल पदार्थ खान हुन्छ ९जस्तै चिया, कफी, पानी आदि० जानकारी लिने।

अर्को एउटा ‘थर्टिफोर पिपल विद न्यु–अनसेट माइग्रेन’ अध्ययनमा राति केही खाएर सुत्नेहरूलाई नखाई सुत्नेको तुलनामा टाउको दुख्ने सम्भावना ४० प्रतिशत थोरै पाइएको थियो। अध्ययनमा एक महिनासम्म सबै सहभागीको तथ्यांक राखेर विश्लेषण गरियो। यस्तो टाउको दुखाइबाट जोगिन राति भोकै नसुत्नु बेस हुन्छ।

मध्यपानः अल्कोहल ९मध्यपान० का कारण हुने ‘ह्याङओभर’को पहिलो लक्षण नै टाउको दुख्नु हो। तर, एक पेगदेखि कतिसम्म अल्कोहल पिए ह्याङओभर हुन्छ भन्ने व्यक्तिअनुसार फरक पर्छ। अल्कोहल पिएपछि फुट्नेगरी टाउको दुख्नु, छिटोछिटो पिसाब लाग्नु र वान्ता गर्नुले ‘डिहाइड्रेसन’को जोखिम बढाउँछ। यसले रगतमा समेत परिवर्तन गर्छ र मस्तिष्कमा अक्सिजनको प्रवाह कम हुन्छ।

कलेजोले रगत–मस्तिष्कको क्षमताले धान्नेभन्दा धेरै भएर अल्कोहल पचाउनु ९मेटाबोलिज्म० परेपछि ह्याङओभर हुनेगर्छ। अल्कोहलले तनावका कारण हुने टाउको दुखाइ, अधाहा ९आधा टाउको दुख्ने० र माइग्रेनसमेत निम्त्याउनसक्छ।

अल्कोहलका मामिलामा बुद्धिमत्तापूर्ण सुझाव भनेकै, नपिउनु नै राम्रो हो। यदि पिउनु परेमा आफूले पचाउन सक्नेगरी पिउने, खाली पेटमा अल्कोहल सेवन नगर्ने र पानीको मात्रा बढाउने नै उत्तम उपाय हुन्। फोलेटयुक्त भोजनको मात्राः हालै गरिएको एउटा अध्ययनले फोलेटयुक्त भोजनको कमीका कारण बारम्बार माइग्रेन दुख्ने गरेको तथ्य पत्ता लगाएको थियो। त्यसैले हरिया सागपात, गेडागुडी, बिउ, कुखुराको मासु, अन्डा, सुन्तला, कागती, अंगुर, भोगटेजस्ता फलफूल पर्याप्त मात्रामा खाने गर्नुपर्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*