हेटौँडामा फेरी पड्कियो साहारा ग्यास

५ जेठ हेटौँडा, । मकवानपुरको हेटौँडामा साहारा ग्याँस सिलिण्डर विष्फोटको क्रम रोकिएको छैन् । केहि दिन अघि पदमपोखरीमा रहेको एक नीजि विद्यालयमा विष्फोट भएको दुई हप्ता वित्न नपाउँदै हेटौँडा ११ मा पुन ग्यास सिलिण्डर विष्फोट भएको हो ।
प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका–११ शहिद स्मारकमा अवस्थित मदनहरी कडेलले संचालन गर्दै आइरहेको विजय होटल एण्ड कोल्ड स्टोर्सको भान्सामा अचानक ग्याँस लिक भएर आगलागी भएको हो । आगलागीले चुलो भाँडाकुँडा तथा अन्य सामग्री गरी करिब १ लाख २५ हजार बराबरको धनमालको क्षति जनाईएको छ । आगलागी हुँदा विजय होटलसँगै रहेको राम नारायण कप्रौलाको किराना कोल्ड स्टोर्सको भान्सामा भएको सामग्री गरी ५० हजार बराबरको धनमालको क्षति भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*