कान्तिराजपथमा रहेको खेतीसेवा पसलमा शिल लगाइयो

इजाजतपत्र बिना पसल सञ्चालन

६ जेठ,हेटौँडा ।
हेटौँडाको खेतिसेवा पसलमा शिल गरिएको छ । औषधि ब्यवस्था विभाग काठमाण्डौँबाट आएको टोलीलले हेटौँडा उपमहानगरपालिका वडा नंबर २ कान्तिराजपथमा रहेको पसलमा शिल गरिएको हो । विश्वराज बाँनीया तथा धर्मराज बाँनीया प्रोपाईटर रहेको पसलमा औषधि विक्रि गर्ने इजाजतपत्र नरहेको, आवश्यक प्रमाणपत्रहरु पेश गर्न नसकेको लगाएतको कारण शिल गरिएको हो ।

विभागबाट आएका फार्मेसि अधिकृतहरु भुपेन्द्रकुमार पौडेल तथा बुद्धिबल चिदि, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकिय अधिकृत विनयकुमार श्रीवास्तव सहितको टोलीले पसलमा शिल गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*