सिस्नेरीमा बोलेरो दुर्घटना, एकको मृत्यु
हेटौँडा,१० जेठ । उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिका सिस्नेरीमा बोलेरो दुर्घटना भएको छ । हेटौँडा काठमाण्डौँ सडक खण्ड अन्र्तगत इन्द्रसरोबर वडा नंबर ३ मा बोलेरो दुर्घटना भएको हो । पर्साको विरगञ्जबाट काठमाण्डौँ जाँदै गरेको बा २० च ४२७९ नम्बरको बोलेरो अनियन्त्रित भएर दुर्घटना भएको जनाईएको छ । दुर्घटनामा भारत मोतिहारीका कन्हैयाकुमार शाहको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार वोलेरो सडकबाट एक सय मिटर तल झरेको छ । बोलेरोका चालक महेश भ्लोन घाईते भएका छन् । उनलाई उपचारको लागि काठमाण्डौँ लगिएको छ ।
























