प्रदेश तीनको नाम ताम्सालिङ राख्न प्रस्ताव

हेटौँडा,१० जेठ । मकवानपुरका प्रदेशसभा सांसद ओमबहादुर ग्लान सहितक सांसद प्रतिमा श्रेष्ठले प्रदेश ३ को नाम ताम्सालिङ राख्न माग गर्दै प्रदेशसभमा प्रस्ताव दर्ता गरेका छन् । सांसद ओमबहादुर ग्लान र प्रतिमा श्रेष्ठको प्रस्ताव र सांसद प्रेमबहादुर तामाङ, रत्नप्रसाद ढकाल र सीता अधिकारीको समर्थनमा बिहीबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको हो । प्रदेश नंबर तीनको नाम ताम्सालिङ राख्दा पहिचानको ग्यारेन्टी हुने ग्लानले बताए ।
संघिय राज्यमा सबैको अपनत्व हुनुपर्ने भन्दै उनले ताम्सालिङ नाम राख्दा कसैलाई समस्या नहुने बताए । उनले संघीय गणतन्त्रात्मक नेपाल राज्यको पुनर्संरचना गर्दा पहिचान र सामर्थ्यलाई मुख्य आधारको रुपमा मान्ने सहमतिलाई पुनर्पुष्टि गर्नका लागि पनि प्रदेश ३ को नाम ताम्सालिङ राख्नुपर्ने उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*