प्रदेश ३ सरकारले ५० अर्ब र हेटौंडा उपमहानगरपालिकाले २ अर्बको बजेट ल्याउँदै

११ जेष्ठ,हेटोंडा । सरकारले प्रदेश र स्थानीय तहका लागि ऐनद्वारा निर्धारित ‘बजेट ल्याउने दिन’ परिवर्तन गर्ने भएको छ । केन्द्र सरकारले भने जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ । संघिय सरकारको तयारी अनुसार प्रदेश ३ सहित सातवटै प्रदेश सरकारले असार १० गते र मकवानपुरका स्थानीय तह सहित देशैभरका स्थानीय तहले असार २० गते बजेट ल्याउनुपर्ने छ ।

संघिय सरकारको बजेट आएपछी त्यो बजेटमा नछुट्ने र नदोहोरीने गरी प्रदेश र स्थानीय तहलाई सजिलो होस भन्ने उदेस्यले सरकाररले यो तयारी गरेको हो । प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले भने संघिय सरकारले मिति सारेमा थप सहज हुने बताउनुभयो । अहिले सम्म भने असार १ गतेनै बजेट ल्याउनेगरी तयारी भईरहेको उहाँले बताउनुभयो । मिति सार्ने बिषयमा छलफल र बहसपछी मात्र दुबै तहका सरकारले बजेट ल्याउने मिति १० दिन पछी धकेलीने छ ।

प्रदेश ३ सरकारले आगमी आर्थिक बर्षमा लागि ५० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउँदै छ । यता हेटौंडा उपमहानगरपालिकाले पनि २ अर्ब रुपैयाँ भन्दा बढी रकमको बजेट ल्याउने तयारी गर्दै छ । मकवानपुरका अरु स्थानीय तहले बजेट ल्याउने तायरीका साथ काम गरिरहेका छन् ।

संविधान र अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार संघीय सरकारको बजेट १५ जेठमा आउनैपर्छ । तर, प्रदेश र स्थानीय तहको बजेट घोषणा मिति संविधानले तोकेको छैन ।संविधानले नरोक्ने भएकाले आगामी आर्थिक वर्ष ०७६/७७ को बजेटका साथ पेश हुने आर्थिक ऐनमार्फत प्रदेश र स्थानीय तहको बजेट ल्याउने मिति परिवर्तन गर्न लागिएको हो ।

जनपत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*