हेटौँडाको घिमिरे ईलेक्ट्रोनिकमा नगद सहित २३ लाख बराबरको सामान चोरी
११ जेठ,हेटौंडा । हेटौंडाको एक पसलमा चोरी भएको छ । हेटौंडा ४ पारिजातपथ ओमभवन नजिक खोपेगल्ली छिर्ने सडक छेउ मा रहेको घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक सेन्टर चोरी भएको हो ।
जेष्ठ ८ गते राती ९ बजे पसल बन्द गरिएको पसलका सञ्चालक उमेश घिमिरेले बताए । उनले आज दिउँसो पसल खोल्दा चोरी भएको पत्ता लागेको बताए । पसल चोरी भएपछि जिल्ला प्रहरी मकवानपुरले अनुसन्धान जारी राखेको
छ ।
अनुसन्धानमा सहभागी प्रहरीले काउण्टरमा रहेको नगद ३ लाख र पसल र गोदाममा राखिएका करिब २० लाख बराबरको सामान चोरी भएको जानकारी दिएका छन् । सञ्चालक घिमिरेले चोरी कुन समय र कस्ले गरेको भन्ने बारे आफूलाई जानकारी नभएको बताए । पसलमा रहेका इलेक्ट्रिक सामान चोरी भएको छ ।
























