किसान कल्याणको सहकारी शिक्षा शिविर संचालन

११ जेष्ठ,हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेमा स्थापना भएको किसान कल्याण बहुउद्धेश्य सहकारी संस्था लिमिटेडले २०७५ श्रावण महिना देखि संस्थामा आबद्ध भएको सेयर सदस्यहरुलाई लक्षित गरि १ दिने सहकारी शिक्षा शिविर संचालन गरेको छ ।

जिल्ला समन्वय समितिको सदस्य गणेश कुमारी श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व संस्थाको कोषाध्यक्ष मोतिलाल लामाले गर्नु भएको थियो ।

सहकारी भनेको के हो र यसको मुख्य उद्धेस्य के के हुन सहकारीमा आबद्ध किन हुने भन्ने बिषयमा सहजकर्ताको मुख्य भूमिका अचला शर्मा तथा संस्थाका ब्यबस्थापक केशब कुमार शाहीले सहकारीको बारेमा बताउनु भएको थियो ।

कार्यक्रमको स्वागत मन्तब्य संस्थाका बजार ब्यबस्थापक गोरखनाथ रायले गरेका थिए भने उक्त कार्यक्रममा
नगरपालिका बोर्डका सदस्य यसोदा कुमारी उप्रेतीले संस्थाको बिषयमा आफ्नो धारणा तथा मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा ब्यबस्थापक तथा सहजकर्ता केशब कुमार शाहीले हाम्रो संस्थाले एक घर एक सहकारी सदस्यु भन्ने मूल नारा बोकेको हुँदा सबै सेयर सदस्य महानुभावहरुलाई एक जना बराबर थप एक जनालाई सदस्य बनाउन अपिल गरेका छन  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*