जेठ १८ गते हेटौंडामा जग्गा व्यवसायीको वृहत जिल्ला भेला हुदै

१७ जेठ,हेटौँडा । मकवानपुर घर जग्गा ब्यवसायी संघको पहिलो जिल्ला सम्मेलन १८ जेठमा हुने भएको छ । संघको तदर्थ समितिले आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि आगामी जेठ १८ गते पहिलो वृहत जिल्ला भेला गर्ने जानकारी दिएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष धु्रव घिमिरेले नेपाल सरकारले घरजगा ब्यवसायी प्रति हेर्ने दृष्टिकोणका परिवर्तन नगर्दा आफुहरुले समस्या भोग्नु परेको बताए ।नेपालमा अझैपनि घरजग्गा ब्यवसायीलाई दलालको रुपमा हेर्ने गरिएको भन्दै उनले दुख ब्यक्त गरे । आफुहरुले करोडौ लगानी गरेर काम गर्दा पनि सरकारले नीतिगत समस्या पारिदिएको उनको भनाई रहेको छ ।

संघको शनिबार हुने पहिलो अधिवेशनले जिल्ला कमिटि निर्माण गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ । कार्यक्रममा घरजग्गा ब्यवसायी कमल मैनालीले आफुहरु एकिकृत नहुँदा समस्याको विषयमा एकिकृत ढंगबाट बोल्ने फोरम नभएकोले पनि संघको आवश्यक्ता महशुस गरिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*