हाम्रो घरलाई सेञ्चुरी बैंकद्वारा शैक्षिक सामाग्री वितरण
जेठ २६,हेटौंडा । सेञ्चुरी कमर्सियल बैंकको हेटौंडा शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व खर्च अन्र्तगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ अवस्थित ग्रामिण जीवनस्तर सुधार मञ्च हाम्रो घर नामक बालगृहमा आश्रित बालबालिकाको शैक्षिक तथा बौद्धिक विकासमा सहयोग पुर्याउने उद्देश्यले ३० हजार बराबरको शैक्षिक तथा खेलकूद सामाग्री हस्तान्तरण गरेको छ । सेञ्चुरी बैंक हेटौंडाका ब्रान्च म्यानेजर सुहित शाक्यले बालगृहका संस्थापक अध्यक्ष इन्दिरा न्यौपानेलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन । उक्त कार्यक्रमलाई मकवानपुरमा कृयाशिल सामाजिक संस्था मकवानपुर जागरण अभियानले सहजिकरण गरेको थियो । बाल पुर्नस्थापना केन्द्रमा हाल अनाथ,बेसाहारा गरि ३० जना बालबालिका आश्रित छन । कार्यक्रममा समाजसेवी राजाराम बर्तौला, सेञ्चुरी बैंकका क्षेत्रिय प्रबन्धक शंकर के.सी, सेञ्चुरी बैंक हेटौंडा शाखाका ब्रान्च म्यानेजर सुहित शाक्य,मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइराला, संस्थाका उपाध्यक्ष जनक कुमार डंगोल,सचिव बालकृष्ण दाहाल लगायत बैंकका अन्य कर्मचारीको उपस्थिती रहेको थियो । सेञ्चुरी बैंक हेटौंडा शाखाका ब्रान्च म्यानेजर शाक्यले सामाजिक उत्तरदायित्व अन्र्तगत तथा व्यक्तिगत तर्फबाट पनि आगामि दिनमा पनि बालगृहलाई सहयोग गर्ने बताए । कार्यक्रममा बोल्दै बैंकका क्षेत्रिय प्रबन्धक शंकर के.सीले अबको केहि दिन पछि फेरी अर्को सामाजिक परोपकारी कार्यमा आफुहरुले सहयोग गर्ने योजना बनाइरहेको बताए । बैकले हाल १०९ शाखा, ८ वटा एक्सटेन्सन काउटर तथा १३ वटा शाखा रहित बैकिङ गरी जम्मा १३० स्थानबाट कारोबार संञ्चालन गरिरहेको छ ।
























