योगदानमा आधारित सामाजिक सुरक्षा सम्वन्धी अन्तरक्रिया कार्यक्रम हेटौंडामा सम्पन्न
हेटौंडा । योगदानमा आधारित सामाजिक सुरक्षा योजना सम्वन्धी अभिमुखीकरण एवम अन्तरक्रिया कार्यक्रम हेटौंडामा भएको छ । सामाजिक सुरक्षा कोष, उद्योग संघ मकवानपुर, औद्योगिक क्षेत्र व्यावस्थापन कार्यालय मकवानपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गर्नका लागि मकवानपुरका उद्योगि, व्यावसायी तयार भएपनि यसमा सरकारको पनि रकम सहयोग हुनुपर्ने बताएका छन् ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सरकारले लगानी नगर्ने र उद्योगिलाई मात्र बायकारी बनाएकोमा आपत्ति जनाएका छन् । कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले सामाजिक सुरक्षा योजनामा सरकारले रकम नहाल्ने र उद्योगिले मात्र योगदान गर्नुपरेकोमा आपत्ति जनाउनुभयो ।


























