मोडर्न इंलिस माविद्वारा अध्यक्ष खतिवडाको बिदाई
मकवानपुर । हेटौँडा मोडर्न इंलिस माध्यमिक विद्यालयले ६ महिनाको लागि विदेश भ्रमणमा जान लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकृष्ण खतिवडाको विदाई गरेको छ ।
६ महिनाको लागि क्यानडा भ्रमण जान लागेका अध्यक्ष खतिवडालाई विद्यालयका कार्यबहाक अध्यक्ष नारायण प्रसाद खतिवडाले टिका र खाता लगाएर शुक्रबार बिदाई गरेका हुन् ।
विदाई कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक दिनेश कुमार सुवेदी, सहायक प्रध्यानध्यापम सिर्मला नेपाल, विद्यालयका शिक्षक–शिक्षिकालगायत उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।


























