हात्तिसुढेमा कृषि उपज संकलन केन्द्र उद्घाटन

हेटौंडा, २९ भाद्र
मकवानपुरको बकैया ३, हात्तिसुढेमा कृषि उपज संकलन केन्द्र शनिबार उद्घाटन गरिएको छ । मर्सिकोर नेपालको सहयोगमा बाल कल्याण समाज मकवानपुरले सञ्चालन गरिरहेको सर्भ परियोजना, बकैया गाउँपालिका र स्थानीय जनश्रममार्फत निर्माण गरिएको केन्द्र सांसद, अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले उद्घाट्न गरे ।

कृषि उपज सङ्कलन केन्द्रमा अब गाउँगाउँबाट तरकारी सङ्कलन हुने र बजारीकरण हुने हुँदा स्थानीय कृषकलाई लाभ मिल्ने सांसद दाहालले बताए । ‘आफ्नै गाउँमा कृषि उपज सङ्कलन केन्द्र स्थापना गरिएपछि अब यहाँ उत्पादित तरकारी सङ्कलन गरेर बिक्री गर्नुपर्छ । ’सभापति दाहालले भने,‘बाहिरबाट आउँने व्यापारीले नाफा कमाउने तर किसान सधैं मर्कामा पर्ने दिन अब अन्त्य हुनुपर्छ ।’ सांसद दाहालले आफ्नो क्षेत्रमा निर्माण भएको केन्द्रको भवनबाट स्थानीय कृषकले प्रसस्त लाभ लिनसक्ने अपेक्षा गर्दै आगामी दिनमा संरचना निर्माण तथा अन्य आवश्यक कार्यका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्दता समेत व्यक्त गरे । ‘यो मेरो पनि चुनावी क्षेत्र हो, यहीका मतदाताले मलाई जिताएका हुन् ।’ उनले भने, ‘कृषकको हितका लागि निर्माण भएको यो भवनका लागि वडा, गाउँपालिका तथा प्रदेश सरकारसंगै मेरो तर्फबाट आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्दछु ।’

भवन उद्घाटन तथा हस्तान्तरण समारोहमा बकैया गाउँपालिका आर्थिक विकास तथा सहकारी शाखा प्रमुख शिवराज पौडेल, कृषि शाखा प्रमुख डम्बरनारायण दाहाल, बाल कल्याण समाज मकवानपुरका कोषाध्यक्ष महालक्ष्मी राजभण्डारी श्रेष्ठ, प्रहरीचौकी हात्तिसुढेका असई कृष्णराज गौतम, बुद्द मावि हात्तिसुढेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर डिम्डुङ, सर्भ परियोजना संयोजक रामप्रसाद दहाल, सहयात्री बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष नानीमैया बजगाँई लगायतको आतिथ्यता थियो । भवन उद्घाटन समारोह बाल कल्याण समाज मकवानपुरका अध्यक्ष डा। गणेश लामा बलको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*