दुई वर्ष भित्रमा थाहानगरमा मदन भण्डारी विश्वविद्यलय बन्छ : मन्त्री पोखरेल

हेटांडा, २९ भदौ । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरलेलले अबको दुई वर्ष भित्र उत्तरी मकवानपुरको थाहा नगरपालिकामा मदन भण्डारी साइन्स एण्ड टेक्नोलोजी विश्व विद्यालय बनिसक्ने दाबी गरेका छन् । उनले नेपाल सरकरको महत्वपूर्ण योजनाको रुपमा रहेको उक्त विश्वविद्यालय बनेपछि नेपालको शिक्षामा अक्रो क्रान्ति आउने समेत दाबी गरे ।

शनिबार मकवानपुरमा शैक्षिक सवलीकरण कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यो विश्वविद्यालय मकवानपुरको मात्र नभएर देशकै गौरब हुने समेत दाबी गरे । उक्त विश्वविद्यालयमा पिएचडि सम्मको अध्यन हुने मन्त्री पोखरेलको भनाई रहेको छ । मन्त्री पोखरेलले चित्लाङस्थित नाट्यश्वर माविको जमिनमा प्राबिधिक शिक्षालय स्थापना गर्ने तयारी भइरहेको बताए । प्राविधिक विद्यालयको लागि काठमाण्डौँबाट समेत नजिक रहेको चित्लाङ निकै उपयुक्त क्षेत्र भएको उनको भनाई रहेको छ । उनले भने रिसर्चरहरुलाई समेत चित्लाङ निकै उत्कृष्ट ठाउँ हुनसक्छ । उक्त क्षेत्रमा रहेको हावापानी, प्राकृतिक सम्पन्दा, बनस्पतीको अवस्थाले पनि सो क्षेत्र विश्वविद्यालय निर्माणको लागि निकै महत्वपूर्ण छ ।

मन्त्री पोखरेलले हिजो मकवानपुरका दुई विद्यालयका भवन समेत स्थानीय समुदायलाई हस्तान्तरण गरेका छन् । जापान सरकारको १० करोड २५ लाख रुपैयाँमा निर्मित जनप्रिय मावि हटियाको भवन र ३ करोड ८१ लाख रुपैयाँमा निर्मित कैलाश गाउँपालिकास्थित कालिका माविको भवन पनि समुदायलाई हस्तान्तरण गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*