‘गो ब्याक इण्डिया’ भन्दै जागरण अभियान सहित आधा दर्जन संस्था हेटौंडामा उत्रिए
हेटौंडा । भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाएको भन्दै हेटौँडामा पनि ‘गो ब्याक इण्डिया’को नारा लगाइ हेटौंडाको बुद्धचोकमा विरोध सभा गरिएको छ ।
भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाएको भन्दै हेटौंडामा विरोध कार्यक्रम भएको हो । नागरिकको हक अधिकारको लागी बोल्दै आएका विभिन्न ६ वटा संघ संस्थाले आज विरोध ¥याली निकालेर विरोध कार्यक्रम गरिएको हो ।
राष्ट्रिय जनसरोकार मन्च नेपालका अध्यक्ष उमेश गुणीको अध्यक्षतामा भएको विरोध सभामा वरिष्ठ पत्रकार तथा समाजसेवी कौशल पाण्डेको प्रमुख अतिथ्यता रहेको थियो ।
कार्यक्रममा मकवानपुर जागरण अभियान, नेपालका अध्यक्ष कृष्णराज कोइराला, प्रकृति मानव केन्द्रित जनअभियानका अध्यक्ष अनुराधा उप्रेती, राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र मकवानपुरका अध्यक्ष लक्ष्मी गौतम, शशक्त कार्की संघका उपाध्यक्ष रामशरण कार्की, हेटौंडाका चलचित्रका अभिनेता अमिर गौतम लगायत हेटौंडेली नागरिकहरुको सहभागिता रहेको थियो ।


























