क्याबिनेट निर्णयले नेकपाभित्र हलचल, पूर्वमाओवादी समूहको छुट्टै बैठक
वैशाख ८,काठमाण्डौं । पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने मन्त्रिपरिषद बैठकको निर्णयलगत्तै सत्तारुढ दल नेकपाभित्र हलचल मच्चिएको छ। सरकारले उक्त निर्णय गरेलगत्तै पूर्वमाओवादी समूहका मन्त्रीहरुको छुट्टै बैठक बसेको छ।
दल फुटाउन सहज पार्ने अध्यादेश ल्याउने सरकारको निर्णय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक अध्यादेश ल्याउने प्रस्ताव गरेपछि पूर्वमाओवादी समूहका मन्त्रीहरु आश्चर्य परेका थिए। बैठकमा प्रधानमन्त्री ओलीले कुनै एक कमिटीमा ४० प्रतिशत भए पुग्ने अध्यादेश ल्याउने प्रस्ताव गर्नुभयो पूर्वमाओवादी समूहका एक मन्त्रीले एकाएक किन यस्तो प्रस्ताव गर्नुभयो हामी आश्चर्य पर्यौं।
यसैबीच बैठकपछि अध्यक्ष प्रचण्डलाई भेट्न उर्जामन्त्री वर्षमान पुन खुमलटार गएका छन्। मन्त्रिपरिषद बैठकबारे प्रचण्डलाई मन्त्री पुनले बिफ्रिङ गरेपछि आजै साँझ प्रचण्ड निवासमा पूर्वमाओवादी समूहको छुट्टै बैठक बस्ने तयारी रहेको नेकपा एक स्थायी कमिटी सदस्यले बताए।
अन्नपुर्णपोष्टबाट


























