बाढीपहिरोमा परी भीमफेदीमा एकको मृत्यु
२४ बैशाख, हेटौंडा । मंगलबार परेको अबिरल बर्षा संगै आएको बाढीपहिरोमा परी भीमफेदी गाउँपालिका वडा नम्बर-८ का २३ बर्षीय कृष्ण खनालको मृत्यु भएको छ ।
बा ४४ प ६०५८ नम्बरको मोटरसाइकलमा घर आउँदै गरेका उनको भीमफेदी–८ कोगटेमा आएको बाढीपहिरोले मोटरसाइकलसहित बगाउँदा ५ सय मिटर तल झरेर उनको मृत्यु भएको बाग्मती हाइड्रो पावरमा कार्यरत सुरक्षागार्ड राजन कार्कीले जानकारी दिनुभयो । शव घटनास्थलमै रहेको र प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


























