देशभर मनसुनी वायुको प्रभाव
हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको नेपालमा मनसुन सकृय अवस्थामा रहेकोजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले हाल देशभर बदली रहेको छ र देशभर थोरै स्थानहरुमा वर्षा भईरहेको जानकारी दिएको छ ।
यस्तो छ आजको मौसम
असार १२ गते (शुक्रबार)
दिउँसोः देशभर सबै प्रदेशहरुमा पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश गण्डकी प्रदेश र प्रदेश नं ५ का थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित भारी वर्षा र माथि उल्लिखित प्रदेशहरुकै एक(दुई स्थानहरुमा धेरै भारी वर्षा को समेत संभावना रहेको छ।
रातीः देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ र प्रदेश २ तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश गण्डकी प्रदेश र प्रदेश नं ५ का थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित भारी वर्षा र माथि उल्लिखित प्रदेशहरुकै एक(दुई स्थानहरुमा धेरै भारी वर्षा को समेत संभावना रहेको छ। तसर्थ ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।


























