सामरी खोलाले बगाउँदा परियार दम्पत्तिको मृत्यु
हेटौंडा । मकवानपुरगढि गाउँपालिका ६ स्थित झल्ला भन्ने ठाँउमा सामरी खोला तर्ने क्रममा खोलाले बगाउदा परियार दम्पत्तिको मृत्यु भएको छ ।
आइतबार विहान (आज) ११ बजेको समयमा सामरी खोला तर्न खोज्दा मकवानपुरगढि गाउँपालिका ६ का वर्ष ६५ का ज्ञान बहादुर परियार र उनको श्रीमति वर्ष ६१ को तुलसा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए ।
उनीहरुलाई खोलाले बगाएको स्थानियले देखेपछि प्रहरीलाई बोलाएको र दुबै जनाको लास करिव साढे ११ बजे भेटिएको प्रहरीले बताएको छ । उनीहरुलाई खोलाले बगाएर करिब १ किलोमिटर तलसम्म पुर्याएको प्रवक्ता रानाले बताए ।


























