कोरोना परीक्षणको लागि हेटौंडामा आज ९७ जनाको स्वाब संकलन
हेटौंडा । हेटौंडामा कोरोना परीक्षणको लागि थप ९७ जनाको स्वाब संकलन गरिएको छ ।
आयुर्वेद तथा जनस्वास्थ्य प्रर्वद्धन शाखा हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाई अनुसार आज थप ९७ जनाको स्वाब संकलन गरिएको छ ।
संकलन गरिएको स्वाबमा पहिलो पटक कोभिड-१९ परीक्षण गराउने ६४ जना र पोजेटिभ भई पुनः परीक्षण गराउने ३३ जना गरी ९७ जना रहेका छन् । हेटौंडामा गएको शुक्रबारदेखिको स्वाबको रिपोर्ट आउन बाँकी रहेको छ ।


























