हेटौंडामा मोटरसाईकल दुर्घटना हुदा २ घाईते
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नंबर ७ न्युरेनीमा मोटरसाईकल दुर्घटना हुँदा बकैया गाउँपालिकाका २ जना घाईते भएका छन् ।
हेटौंडाबाट बकैया जाँदै गरेको ना १५ प ५१७० नंबरको मोटरसाईकल आफै अनियन्त्रित भएर रोकि राखेको ना ६ ख ६७५३ नंबरको टिपर संग ठाक्किदा दुर्घटना हुँदा मोटरसाईकलमा सवार दुई जना घाईते भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले बताए ।
उनले घाईते हुनेमा मोटरसाईकल चालक बकैया गाउँपालिका वडा नंबर ५ राजदमारका २१ वर्षीय जुत्ते घलान र मोटरसाईकलमा पछाडी बस्ने सोही स्थानका ३१ वर्षीय ईन्द्र बहादुर थिङ रहेको बताए ।
मोटसाईकलमा पछाडी बस्ने थिङको अवस्था भने गम्भिर रहेको प्रवक्ता रानाले बताए । उनिहरुको उपचार हेटौंडा अस्पतालमा भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।


























