छठ पर्वको अवसरमा मुख्यमन्त्री पौडेलद्धारा शुभकामना सन्देश जारी
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छठपर्व आमनेपालीको साझा पर्वका रूपमा विकास हुँदै गएको बताएका छन् ।
छठपर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले यस पर्वले तराईलाई हिमाल र पहाडसँग सांस्कृतिकरूपमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।
“नेपालीहरुको महान् चाड छठको पावन अवसरमा सम्पूर्ण नेपाली तथा प्रदेशवासी दिदीबहिनी, दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ ।
उनले भनेका छन्,“नेपालीहरुको महान चाड छठको पावन अवसरमा सम्पूर्ण नेपाली तथा प्रदेशबासी दिदीबहिनी, दाजुभाइहरुमा सुख, शान्ती, संमृद्धी एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
हिन्दुशास्त्रानुसार सुर्यलाई आदिदेव अर्थात प्रथम देवताको रुपमा मानेर पूज्ने प्रचलन रहेको छ । संसारमा चलिआएका हरेक धर्मपरम्पराहरुले सुर्यलाई जीव अस्थित्वको कारककोपमा स्वीकार गरेको पाइन्छ ।
ताप, राप, प्रकाश र उर्जाको पहिलो स्रोत सुर्यदेवको आरधानागरी हर्षोल्लासपूर्वक मनाइने छठ पर्व मधेशीको मात्र नभई आमनेपालीको साझा पर्वका रुपमा विकास हुँदै गएको छ । यसपर्वले तराईलाई हिमाल र पहाडसँग सांस्कृतिक रुपमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।”


























