मिस नेपालका प्रतिस्पर्धीहरुको स्वास्थ्य परीक्षण

काठमाडौँ – आयोजक संस्था हिडेन ट्रेजर मिस नेपाल–२०२० को मेडिकल पार्टनर रहेको नेपाल मेडिसिटी अस्पतालले शनिबार मिस नेपाल २०२० का प्रतिस्पर्धीहरुको स्वास्थ्य परीक्षण गरेको छ।

ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा मिस नेपाल २०२० का २१ प्रतिस्पर्धीसहित आयोजक टोलीको कोभिड–१९ का लागि पिसिआर टेष्ट गरीएको हो ।

आगामी मङ्सिर २० मा हुने ग्राण्ड फिनाले र त्यस अघि हुने आवासीय प्रशिक्षणमा प्रवेश गर्नुअघि पिसिआर टेष्ट गरिएको आयोजकले जनाएको छ।

यस वर्षको मिस नेपालमा एक नयाँ उपाधिमा समेत सुन्दरीको छनौट हुने भएको छ ।

मेडिसिटी मिस हेल्दी नाम दिइएको उपाधिका लागि शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक पक्षमा अब्बल प्रतिस्पर्धीको छनौट हुने र विजेता नै नेपाल मेडिसिटीको गुडविल एम्बासेडर रहने आयोजकले जनाएको छ।

माहामारीका बीचमै आयोजना हुन लागेको मिस नेपाल २०२० लाई कोभिडरहित र समग्र आयोजक तथा सहभागीको स्वास्थ्यलाई ख्यालमा राख्दै नेपाल मेडिसिटी अस्पतालले भर्चुअल तथा भौतिक दुवै माध्यमबाट सेवा प्रदान गर्नेछ ।

यसअघि भने नेपाल मेडिसिटी अस्पतालले मिस वल्र्ड २०१९ को बियुटि विथ पर्पोजकि विजेता मिस नेपाल २०१९ अनुष्का श्रेष्ठकोे प्रोजेक्टका लागि मेडिकल पार्टनरका रुपमा काम गरीसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*