४६ किलो गाँजा सहित मकवानपुरको मनहरीबाट एक पक्राउ

हेटौंडा । मकवानपुरको मनहरीबाट ४६ किलो लागु औषध गाँजा सहित एक जना पक्राउ परेका छन् ।

मनहरी गाउँपालिका वडा नं ८ सिम्पानी सडकमा बसिरहेको अवस्थामा प्रहरीले शंका लागे पश्चात खनतलासी गर्दा कैलाश गाउँपालिका वडा नं ७ बस्ने वर्ष २३ को तिर्थराज चेपाङको साथबाट ५ वटा पोका बनाई झोलामा बोकिरहेको अवस्थाबाट गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख विनोद श्रेष्ठले जानकारी दिए ।

पक्राउ गरिएका चेपाङलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय मनहरीमा राखिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*