बागमती प्रदेशका कृषि मन्त्री लामालाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

हेटौंडा । कोरोना भाइरस संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका बागमती प्रदेशका कृषि मन्त्री दाबादोर्जे लामालाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ।

कोरोना पुष्टि भई हेटौंडा स्थित सरकारी निवासमा होम आइसोलेसनमा बसेका मन्त्री लामालाई स्वास्थ्यमा समस्या भएपछि मंगलबार बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगिएको जनाइएको छ। उनलाई थप उपचारका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा लगाएको मन्त्रीको निजी सचिवालयले जनाएको छ।

मन्त्री लामालाई मंसिर ५ गते कोरोना पुष्टि भएको थियो। उनी हेम आइसोलेसनमा बसेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*