हेटौंडा अस्पतालमा आन्द्रामा भएको ट्यूमरको शल्यक्रिया सफल
माघ ८, मकवानपुर । हेटौंडा अस्पतालमा पहिलो पटक सानो आन्द्राको ट्युमरलाई काटेर गरिने शल्यक्रिया सफल भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पतालमा पहिलो पटक सानो आन्द्राको ट्युमरलाई काटेर गरिने शल्यक्रिया सफल भएको हो ।
केहीदिन अघि हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१४ की २७ वर्षीया महिलाको २० सेन्टिमिटर लामो आन्द्रा काटेर गरिएको शल्यक्रिया सफल भएको हेटौंडा अस्पतालले जनाएको छ ।
हेटौंडा अस्पतालमा शल्यक्रिया सर्जन टिमका डाक्टर प्रविण श्रेष्ठ, डाक्टर निस्चल खनाल, डाक्टर निराजन श्रेष्ठ, र डाक्टर साजित अन्सारीले पहिलो पटक गरेका हुन् ।
हेटौंडा अस्पतालका मेडिकल सुपेरिटेन्डेण्ट डाक्टर प्रविण श्रेष्ठका अनुसार ३ वटा आइसीयु कक्ष विस्तार गरेसंगै अब यस्ता जटिल खालका शल्यक्रिया हेटौंडा अस्पतालमा नै हुने भएको छ ।
अस्पतालमा हाडजोर्नी, पत्थरी, एपेण्डीसाइटलगायतका जटिल तथा सामान्य शल्यक्रिया पनि हुँदै आएको छ ।























