हेटौंडामा कोरोना विरुद्धको पहिलो खोप डा. श्रेष्ठले लगाए
माघ १४, हेटौंडा । बाममती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस (कोभिड १९) विरुद्धको पहिलो खोप हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रविण श्रेष्ठले लगाएका छन् ।
केहि बेर अघि प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रविण श्रेष्ठलाई खोप हस्तान्त्रण गर्दै कोरोना विरुद्धको खोपको शुभारम्भ गरेका हुन् ।























