प्रधानमन्त्री ओली खोप कार्यक्रम निरीक्षण गर्न अस्पताल पुगे

माघ १४, काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप कार्यक्रम निरीक्षण गर्न उपत्यकाका विभिन्न अस्पताल पुगेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार ओली त्रिवि शिक्षण अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका अस्पताल पुगेर खोप कार्यक्रम अवलोकन गरिरहेका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. रवी शाक्यका अनुसार प्रधानमन्त्री ओलीले खोप लगाएको निरीक्षण गरेपनि कुनै प्रतिक्रिया भने दिएनन् ।उनका अनुसार प्रधानमन्त्री ओलीलाई केही बोल्न आग्रह गरिएपनि उनले खोप लगाउनका लागि गरिएको व्यवस्था राम्रो रहेछ ।

के कसरी गर्नुपर्छ तपाईंहरु आफैं जानकार हुनुहुन्छु भन्दै शुभकामना दिएर बाहिरिएका थिए । बुधबारदेखि सरकारले देशव्यापी रुपमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । पहिलो चरणको अभियान अन्तरगत देशभरका स्वास्थ्यकर्मी लगायत अग्रपंक्तिमा रहेर कोरोना विरुद्ध कार्यरतहरुलाई खोप दिइँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*