विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२ लाख ३७ हजार नाघ्यो
माघ १९, काठमाडौं – कोरोनाभाइरसका कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन् ।
विश्वका विभिन्न देशमा हरेक दिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहे पनि निको हुनेको संख्या पनि बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १० करोड ३५ लाख २४ हजार ८ सय ५ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२ लाख ३७ हजार ७ सय ४६ पुगेको छ ।
त्यस्तै हालसम्म विश्वमा ७ करोड ५१ लाख २८ हजार ३७ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ४ लाख ५२ हजार २ सय ७९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ करोड ६७ लाख ६७ हजार २ सय ७९ पुगेको छ । त्यसैगरी निको हुनेको संख्या एक करोड ६४ लाख ३ हजार ८ सय ४३ पुगेको छ ।
त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २ लाख २४ हजार ५ सय ३४ पुगेको छ भने संक्रमितको संख्या ९२ लाख ४ हजार ७ सय ३१ पुगेको छ ।























