२० औं पटक अनसन बस्दैं डा.गोविन्द केसी
काठमाडौं, माघ २९ – पटक–पटक अनसनमा बस्दै आएका डा. गोविन्द केसीले पुनस् अनसन बस्ने तयारी गरेका छन्।
यसअघि चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनसन बस्दै आएका केसी यसपटक भने प्रतिनिधिसभा मार्न नदिन, संविधानको रक्षा गर्न र चिकित्सा शिक्षा सुधारको लागि २० औँ सत्याग्रह शुरू गर्न लागेका हुन् ।
सत्याग्रहबारे जानकारी दिन डा.केसीले आज माइतीघर मण्डलामा दिउँसो १ बजे कार्यक्रमको आयोजना गरेका छन् ।























