बाग्मती प्रदेश द्धारा क्यान्सर बिरामीलाई सहयोग

३० माघ,चितवन । बाग्मती प्रदेश सरकारले आगामी फागुन १ गतेदेखि क्यान्सरका बिरामीलाई रु ५० हजार उपचारका लागि सहयोग गर्ने भएको छ । यसअघि क्यान्सरका बिरामीलाई सङ्घीय सरकारले रु एक लाख उपचार सहयोग गर्दै आएको थियो ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार फागनु १ गतेदेखि लागू हुनेगरी छुट सुविधा दिन बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयसँग सम्झौता भएको छ । उनका अनुसार क्यान्सर उपचारमा लाग्ने खर्चमा सरकारले दिँदै आएको रु एक लाखमा प्रदेश सरकारले थप रु ५० हजार उपलब्ध गराउने भएको हो ।

सङ्घीय सरकारको रकम सकिएपछि प्रदेश सरकारको रकम खर्च गरिनेछ । प्रदेशभित्रका स्थायी बासिन्दालाई मात्र यो सुविधा उपलब्ध हुने उनले बताएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*