सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहलाई आज देखि कोरोना खोप

काठमाडौं, २ फागुन । पहिलो चरणको दोस्रो खोपअन्तर्गत सरकारले आइतबार (आज) देखि सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई कोरोना खोप लगाउने भएको छ ।

२ फागुनदेखि ८ फागुनसम्म जिल्लामा कार्यरत सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई खोप दिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

माघ १४ देखि पहिलो चरणमा पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शव बाहन चालक, सीमा सुरक्षामा खटिएकाहरुलाई खोप उपलब्ध गराएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो प्राथमिकतामा परेका तर लगाउन छुटेकाहरुलाई पनि यसै चरणमा खोप उपलब्ध गराइने छ ।

यसैबीच स्वास्थ्य मन्त्रालयले दोस्रो खोपका लागि काठमाडौंका १२ अस्पतालमा खोप केन्द्र तोकेको छ । जसअन्तर्गत वीर अस्पताल, सिभिल अस्पताल मिनभवन, टेकु अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, प्रसूति गृह थापाथली, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी र नेपाल प्रहरी अस्पताल लाजिम्पाट रहेका छन् ।

त्यस्तै, शहीद गंगालाल अस्पताल बाँसबारी, नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी र काठमाडौं मेडिकल कलेज सिनामंगलमा पनि खोप केन्द्र तोकिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार खोप लगाउन जाँदा सबैले अनिवार्य रुपमा कार्यालयको परिचय पत्र साथा जानुपर्नेछ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*