चुकन्दर सेवन गर्दा हुने फाइदा

फागुन ४, मकवानपुर – छालामा निखार ल्याउन होस वा तौल घटाउन, दुबै कुराका लागि चुकन्दर निकै उपयोगी छ। चुकन्दर खानेबारे मानिसका मनमा जिज्ञासा आउन सक्छ, चुकन्दरलाई सलादका रूपमा खाने वा जुसका बनाएर पिउने। चिकित्सकका अनुसार जुनसुकै रूपमा खाए पनि चुकन्दर शरीरका लागि निकै लाभदायी छ

चुकन्दरका फाइदा

१०० ग्राम चुकन्दरमा ४३ मिलिग्राम क्यालोरी, ० दशमलव २ ग्राम फ्याट,८ दशमलव ८ ग्राम सुगर, १ दशमलव ६ ग्राम प्रोटिन, १६ मिलिग्राम क्याल्सियम, ० दशमलव८० मिलिग्राम आइरन सहित अन्य धेरै तत्त्व पाइन्छ।

चुकन्दरमा आइरन, सोडियम, पोटासियम, फस्फोरस पर्याप्त मात्रामा पाइन्छ। जसले कारण शरीरलाई स्वस्थ राख्न मदत गर्छ। जाडो मौसममा हरेक दिन चुकन्दरको सलाद वा जुस लिनु राम्रो हुन्छ।

चुकन्दरले रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ। किनभने, यसमा पाइने फाइबरले पेटलाई सफा राख्न सहयोग गर्छ।

चुकन्दर उच्च रक्तचाप भएका व्यक्तिका लागि पनि उपयोगी छ। चुकन्दर र गाजरको जुस बनाएर पिउने गर्दाले शरीरलाई प्राकृतिक चिनी प्राप्त हुन्छ। र रक्तचाप पनि नियन्त्रण राख्न मदत गर्छ।

चुकन्दरमा भिटामिन बी, सी, फस्फोरस, क्याल्सियम र एन्टीअक्सिडेन्टस् हुन्छ। जसले शरीरको रगत प्यूरिफिकेस र अक्सिजन बढाउन काम गर्छ।

फस्फोरस कपाल वृद्धिका लागि उपयुक्त मानिन्छ। जसका लागि चुकन्दर प्राकृतिक स्रोत मानिन्छ।

यदि तपाईलाई कुनै काम गर्दागर्दै छिटै थकाइ महसुस हुन्छ भने शरीरमा अक्सिजनको कमी वा रगतको कमीका कारण हुनसक्छ। यस्ता व्यक्ति चुकन्दर खाँदा निकै फाइदा हुन्छ।

कपाल मात्र होइन चुकन्दर छालामा निखार ल्याउन उपयोगी मानिन्छ। चुकन्दरले टाउकोको बन्द रोमछिद्र खुल्दछ र कपाल बलियो त्वचामा लगाउनाले ड्याड सेल सफा हुन्छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*