अनेरास्ववियू मकवानपुरले भोली हेटौंडामा बृहत रक्तदान कार्यक्रम गर्दै
फागुन ६, हेटौंडा । भोली हेटौंडामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू मकवानपुरले बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।
हेटौंडाको बुद्धचोकमा भोली बिहान ८ बजे रक्तदान कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियू मकवानपुरका सह(संयोजक विशाल पौडेलले जानकारी दिए । उनले सम्पूर्ण विद्याथीहरुलाई रक्तदान कार्यक्रममा सहभागि भएर रक्तदान गर्न आग्रह गरेका छन् ।























