आज हेटौंडामा भएको रक्तदान कार्यक्रमा ४३ जनाले दिए रगत

फागुन ७, हेटौंडा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू मकवानपुरले गरेको रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन् ।

आज बिहान हेटौंडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रमा ४३ जना विद्यार्थीहरुले रक्तदान गरेको अनेरास्ववियू मकवानपुरका सह–संयोजक विशाल पौडेलले जानकारी दिए ।

अनेरास्ववियू केन्दीय कार्यलय टिम सदस्य एवम् नेकपाका केन्द्रीय सदस्य महेश कुमार बर्तौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य सन्तोष पौडेल,जिल्ला संयोजक किसन घिसिङ लगाएतको उपस्थिति रहेको कार्यक्रम संयोजक दिनेश हुमागाईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*