अस्पताल भर्ना भए बाबुराम भट्टराई

फागुन ११, काठमाडौं । स्वास्थ्य उपचारको लागि भारतको नयाँ दिल्ली पुग्नुभएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आज अस्पताल भर्ना हुनु भएको छ ।

डा. भट्टराईलाई नयाँदिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना गरिएको उहाँको निजी सचिवालयले जनाएको छ ।

हिजो चिकित्सकसँग प्रारम्भिक परामर्श लिनुभएका डा।भट्टराई आज थप उपचारको लागि भर्ना हुन हुनु भएको हो ।

ललितपुरको निदान अस्पतालमा गरिएको परिक्षणमा डाक्टर भट्टराईको पेटमा ट्युमर आशंका गरिएपछि थप परिक्षण एवं उपचारका लागि दिल्ली जानुभएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*