पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

१४ फागुन, काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गएराति उनलाई वीर अस्पताल लगिएको थियो । आज बिहान भने उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको जोशीको पारिवारिक स्रोतले जनाएको छ ।

स्रोतका अनुसार जोशीको मस्तिष्कमा रगत जमेको छ । उनको शल्यक्रियाको तयारी भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*