मकवानपुरगढीमा जेष्ठ नागरिक लामिछानेले लगाए कोरोनाको खोप

फागुन २३, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा एक सय वर्षका एक जेष्ठ नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

गाउँपालिकाका वडा नंबर ४ का एक सय वर्षका जेष्ठ नागरिक छविलाल लामिछानेले कोरोना विरुद्धको खोप लगाएको गाउँपालिकाका स्वास्थ्य संयोजक ध्रुव प्रसाद लामिछानेले जानकारी दिए । उनले आजबाट सुरु भएको ६५ वर्ष माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने कार्यक्रम सुरु भएको बताए ।

स्वास्थ्य संयोजक लामिछानेका अनुसार कोभिड १९ अस्थाई अस्पताल मक्राञ्चुलीमा हालसम्म ६५ वर्ष माथि उमेर समूहका वडा नंबर ३ र ४ का ३० जना जेष्ठ नागरिकले खोप लगाईसकेका छन् । गाउँपालिकाले आउँदै चैत २ गते सम्म जेष्ठ नागरिलाई खोप लगाउने कार्यक्रम रहेको जनाएको छ ।

मकवानपुर गढी गाउँपालिकामा हालसम्म ५३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । पुष्टि हुने सबै जना संक्रमण मुक्त अर्थात कोरोना निको भईसकेको कार्यलयले जनाएको छ । कोरोनाको कारण गाउँपालिकामा हालसम्म कसैको पनि मृत्यु भएको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*