मुख्यमन्त्री पौडेलले हेटौंडा अस्पतालमा लगाए कोरोना विरुद्धको खोप

फागुन २४, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडलले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।सोमबार बिहान मुख्यमन्त्री पौडेलले बागमती प्रदेशको राजधानी हेटौंडा स्थित हेटौंडा अस्पताल खोप केन्द्रबाट खोप लगाएका हुन् ।

मुख्यमन्त्री पौडेलले खोप पूर्णरुपमा सुरक्षित रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको बताएका छन् । उनले सरकारले तोकेको उमेर समूह एवं लक्षित नागरिकहरुले प्रटोकल अनुसार नजिकको खोप केन्द्रमा गइ खोप लगाइ सुरक्षित रहन आग्रह गरेका छन् ।

सरकारले फागुन २३ गते (आईतबार) बाट देशभर जेष्ठ नागरिलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान सुरु गरेको छ । ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई १० दिनसम्म खोप लगाइनेछ ।

११ औँ दिनदेखि ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने कार्यक्रम रहेको छ । यसअघि माघ १४ गतेदेखि पहिलो चरणमा अग्रपंतिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्था कर्मचारी, पत्रकारलगायतलाई खोप दिइएको थियो ।

नेपालमा अक्स्फोर्ड–एस्ट्राजेनेकाले विकास गरेको र भारतको सिरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड खोप प्रयोग भइरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*