बागमती प्रदेशमा दुइ लाखले दोस्रो चरणको खोप लगाए
चैत्र १, मकवानपुर – मकवानपुर जिल्लामा लक्षको १४ प्रतिशत अर्थात ८ हजार ७९९ जनाले मात्र कोरोना बिरुद्धको खोप लगाएका छन् ।
बागमती प्रदेशका १३ वटा जिल्लामा कोरोना भाइरस विरुद्धको खोप लगाउनेको सख्या एक लाख ९८ हजार २ सय १८ जना पुगेको छ । सरकारले ६५ वर्ष भन्दा माथी उमेरका पुरुष र महिलालाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरेपछी झण्डै दुइलाख जनाले यो खोप लगाएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाईले वताउनुभयो ।
प्रदेशमा लक्ष गरे अनुसार ४३ दशमलब ३० प्रतिशले खोप लगाइसकेको उहाँले वताउनुभयो । यस प्रदेशमा ४ लाख ५७ हजार ७ सय ६६ जनालाई यो दोस्रो चरणमा खोप लगाउने लक्ष सरकारले राखेको छ । यस मध्यमा आधा भन्दा केही कम खोप लगाइएसकिएको हो ।
मकवानपुरका दश वटा स्थानीय तहमा कोरोना भाइरस विरुद्धको खोप लगाउन त्यती उत्साह देखिएको छैन । बागमती प्रदेशभरीमा ४३ प्रतिशतले खोप लगाइ सक्दा मकवानपुरका स्थानीय तहमा भने दोस्रो चरणमा १४ दशमलब ४२ प्रतिशतले मात्र कोरोना विरुद्धको खोप लगाएका छन् ।
यस जिल्लामा ६१ हजार १६ जनालाई कोरोना बिरुद्धको खोप लगाउने लक्ष राखिएपनि खोप लगाउनेहरु भने ८ हजार ७ सय ९९ जना मात्रले अहिले सम्म लगाएका छन् ।























