मेयर महतद्वारा हेटौंडा अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटन्

जेठ ९, हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा आजबाटअक्सिजन उत्पादन सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाले अस्पतालमा अक्सिजन प्लानट निर्माण गरेर आज मेयर हरि बहादुर महतले उद्घाटन् गर्नुभएसंगै उत्पादन पनि सुरु भएको हो ।

अस्पतालमा एक साता अघि देखि अक्सिजनको अभाबका कारण कोरोना भाइरस संक्रमित बिरामीलाई उपचारमा समस्या भएपछि उपमहानगरपालिकाले प्लान्ट स्थापना गर्दै आजबाट उत्पादन सुरु गरेको हो । कोरोनाका कारण गम्भिर बिरामी भएर अस्पतालमा उपचार गराइरहेका बिरामीका लागि अक्सिजन दिनकै लागि समस्या भएपछी तत्काल प्लान्ट स्थापना गरेर उत्पादन सुरु गरिएको मेयर महतले वताउनुभयो ।

काठमाण्डाौँ लैजानका लागि रक्सोल भन्सारमा रहेको अक्सिजन प्लान्ट उपमहानगरपालिकाको समन्वयमा हेटौंडा अस्पतालमा जडान गरिएको हो । हेटौंडाका व्यावसायी दिपक खनालले भारतबाट ल्याएको अक्सिजन प्लान्ट काठमाण्डौ लैजान लागिएपनि उपमहानगरपालिकाले खरिद गर्नेभनेपछि हेटौंडा अस्पतालमा जडान गरिएको हो । अक्सिजन प्लान्ट ल्याउने व्यावसायीको खरिद मुल्य ३८ लाख रुपैयाँ उपमहानगरपालिकाले दिने भएपछि अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको मेयर महतले वताउनुभयो ।

अस्पतालमा जडान गरिएको प्लान्टबाट दैनिक १५ शिलीण्डर अक्सिजन उत्पादन गर्ने छ । आजैबाट उत्पादन सुरु भएको छ । अक्सिजनको हाहाकार भएको समयमा यसले पनि धेरै राहत प्रदान गर्ने उहाँले वताउनुभयो ।
अक्सिजन नपाएरै अस्पतालमा उपचाररत बिरामीहरु मृत्युहुन सक्ने भएपछी हतार हतारमा प्लान्ट जडान गरिएको र उत्पादन सुरु गरिएको हो । अक्सिजन प्लान्ट जडान गर्नका लागि उपमहानगरपालिकाका कर्मचारी, काठमाण्डौबाट आएका प्राबिधिकले दिनरात नभनि काम गरेपछी अस्पतालमा प्लान्ट ल्याएको दुइदिनमानै उत्पादन सुरु गर्न सफल भएको मेयर महतले वताउनुभयो ।

अहिले हेटौंडा अस्पतालमा ५४ जना कोरोना संक्रमणका बिरामीको उपचार भइरहेको छ । सबै बिरामीलाई अक्सिजन दिएर उपचार भइहेको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार तथा अस्पताल बवकास समितिका अध्यक्ष राजेश प्रसाईले बताउनुभयो ।

उपमहानगरपालिकाको विशेष पहलमा अक्सिजन प्लान्ट निर्माण भएपछी धेरै सहज भएको उहाँले वताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*