अवैध मोबाइल साउन १ देखि नचल्ने

असार २८, काठमाण्डौ – नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो साउन १ गते शुक्रवारदेखि अवैध मोबाइल बन्द गर्ने भएको छ । कर नतिरी सस्तोमा मोबाइल पाउँदैमा किन्नुभयो अथवा कतै भेट्टाएर आफैँ प्रयोग गर्न थाल्नुभयो भने त्यो मोबाइल बन्द हुने सम्भावना रहन्छ । विदेशबाट उपहारस्वरुप आएका मोबाइल भने नेपालमा दर्ता गर्नुपर्ने हुन्छ ।

प्राधिकरणकाअनुसार नेपालभित्रैका आधिकारिक बिक्रेताबाट किनेको मोबाइल पहिले नै दर्ता भैसकेको हुन्छ, फेरि दर्ता गर्नु पर्दैन । तर विदेशबाट ल्याइएका मोबाइल पहिले नै दर्ता नहुने भएकाले त्यस्ता मोबाइलको भने अनिवार्य दर्ता गर्नुपर्ने हुन्छ । प्राधिकरणले तत्कालका लागि अनलाइनबाटै दर्ता गर्न सक्ने सुविधा दिएको छ । लतब।नयख।लउ मा गएर आफूले प्रयोग गरिरहेको सेट दर्ता गर्न सकिन्छ ।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले अहिले चलिरहेको मोबाइल फोनलाई निर्बाध चल्न दिने गरी काम भइरहेको जानकारी दिनुभयो । कमसल, गुणस्तर नभएका र अवैध बाटोबाट आएको अर्थात किनेको मोबाइल नचलाउन उहाँले आग्रह गर्नुभएको छ । पौडेलका अनुसार मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम अर्थात एमडीएमएस अन्तर्गत हरेक मोबाइल कर्ताले आईएमईआई नम्बर दर्ता गर्नुपर्ने हुन्छ । यस्तो नम्बर हरेक मोबाइलमा छुट्टाछुट्टै हुन्छ । यस्तो दर्ता धेरैको पहिले नै भइसकेको हुन्छ । आफ्नो दर्ता छ की छैन भनेर थाहा पाउनका लागि पहिला आफ्नो आईएमईआई नम्बर कति हो भनेर थाहा पाउनुपर्छ ।

‘मोबाइल किन्दा मोबाइलको कभरमा नम्बर लेखिएको हुन्छ । यदि मोबाइलको कभर छैन भने मोबाइलमा ८३ण्ट३ बाट थाहा पाउन सकिन्छ । नेपाल दुरसञ्चार प्राधिकरणको वेबसाइटको आईएमईआई रजिष्ट्रेसन भन्ने ठाउँमा गएर मोबाइलमा देखिएको नम्बर इन्ट्री गर्नुपर्छ । त्यहाँबाट आफ्नो मोबाइल दर्ता भए वा नभएकोबारे हेर्न सकिन्छ । यदि दर्ता गरिएको छैन भने दर्ता गर्नु अनिवार्य हुन्छ’ उहाँले भन्नुभयो ।

नेपालमा अवैध रुपमा मोबाइल आयात हुने क्रम बढेपछि त्यसलाई रोक्नका लागि प्राधिकरणले नयाँ नीति ल्याएको हो । यस्तै गुणस्तरयुक्त मोबाइल नेपाल भित्रियोस् र हराएको मोबाइल खोजी गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले पनि नयाँ नीति ल्याइएको प्राधिकरणले जनाएको छ ।

सिस्टममा समस्या आएर दर्ता गर्न पाइएन भनेर धेरैको गुनासो आएकाले प्राधिकरणले अहिले सञ्चालनमा आएका मोबाइल दर्ता नभए पनि तत्कालको लागि कुनै समस्या हुँदैन भनेर जानकारी गराइसकेको छ । यो सिस्टम राख्नका लागि नयाँ सफ्टवेयरहरु राख्ने काम भइरहेको पौडेलले जानकारी दिनुभयो । असार मसान्तसम्म सिस्टम तयार पारेर त्यसपछि दर्ताका लागि निश्चित समय दिने उहाँले बताउनुभयो ।

‘विदेशबाट उपहारमा ल्याइएका मोबाइल पनि दर्ता गर्नुपर्छ’

धेरै नेपालीहरु काम र जागिरको सिलसिलामा विदेशमा छन् । विदेशमा रहेका नेपालीले उपहारस्वरूप नेपालमा मोबाइल ल्याउने चलन बढ्दो छ । सीमा क्षेत्रको भारतीय बजारबाट समेत सहजै मोबाइल खरिद गरेर ल्याउने गरिन्छ। त्यसरी उपहारस्वरूप प्राप्त मोबाइल र भारतबाट खरिद गरी ल्याइएका मोबाइल नेपालमा दर्ता भने गर्नुपर्छ ।

विदेशबाट एक व्यक्तिले आफूले प्रयोग गरेकोबाहेक थप एउटा मात्र मोबाइल भन्सार नतिरी ल्याउन सक्ने सुविधा रहेकाले त्यसभन्दा बढी मोबाइल साथमा ल्याएमा भने भन्सार तिर्नुपर्ने अवस्था आउन सक्छ । त्यस्तै भारतीय सीमा क्षेत्रबाट समेत ठूलो सङ्ख्यामा मोबाइल खरिद बिक्री हुने भएकाले त्यस्तो अवस्थामा पनि भन्सारकै कानुन लागू हुने पौडेलले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*