रोटरी क्लबको आँखा शिबीरमा आठ सय ६९ जनाको आँखा परीक्षण

हेटौंडा । रोटरी क्लब अफ हेटौँडाले बिगत २७ वर्ष देखि निरन्त्र रुपमा आँखा शिबिर सञ्चालन गर्दै आएको छ । २०५१ साल देखि हाल सम्म हरेक वर्ष आँखा शिबिर सञ्चालन गर्दै आएको हो । हरेक वर्ष मकवानपुर र आसपासका जिल्लामा निशुल्क आँखा शिबीरको कामसंगै अप्रेसन गर्ने, खान, बस्न, यातायात सबैको व्यवस्था गरेर शिबीर सञ्चालन गरिदै आएको रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष रामप्रसाद शर्माले बताउनुभयो ।

हरेक वर्ष यस रोटरीमा नयाँ कार्यसमिति चयन हुने गरेको र शेवाका भावले धेरै प्रकारका सहयोग गरिदै आएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताउनुभयो । बिना स्वार्थ डोनेसन बिना रोटरीयनहरु मिलेर हरेक वर्ष सेवाका भावले कार्यक्रमहरु गर्ने गरिएको मेयर महतको भनाई छ ।

यस रोटरी क्लबमा वर्षदेखि आवद्ध भएकाहरुले उत्तिकै क्रियाशिलता जनाउने गरेका छन् । २०५१ साल देखि यस वर्ष सम्ममा गरेर हजारौ जनाको आँखा जाँच गरिएको र सयौजनाको आँखा अप्रेसन गर्न समेत सहयोग गरिएको अध्यक्ष शर्माले बताउनुभयो । हरेक वर्षको नियमित बार्षिक कार्यक्रम अन्तरगत पहिलो चरणको शीविर शनिवार सम्पन्न गरेर हेटौंडा सामुदायिक आँखा अस्पतालमा मोतिया विन्दुभएकाहरुको अप्रेसन गर्ने काम भइरहेको छ ।

 

यसपटक मकवानपुर र रौतहटका तीन स्थानमा भएको शिविरमा आठ सय ६९ जनाको परीक्षण भएको र, एकसय ५४ जना मोतिबुन्दुका बिरामीहरू शल्यकृयाका लागि हेर्टौंडा सामुदायिक आख अस्पतालमा ल्याइएको शिविर संयोजक अर्जुन सुवेदीले बताउनुभयो । उहाँका अनुसार तीन दिन सम्म विरामीहरूको हेटौँडा सामुदायिक आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने काम अनुसार धेरैको शल्यक्रिया समेत भइसकेको छ ।

बिरामीलाई शिविरस्थल देखि अस्पताल ल्याउने, शल्यक्रिया गर्ने र घरसम्म पुर्याउने सबै ब्यवस्थापन रोटरी क्लबले गरेको सुबेदीले बताउनुभयो । रौतहटमा गरिएको शिबीरमा रोटरीयन दुर्गाबहादुर बिष्ठले संयोजन गर्नु भएको थियो । शिबीरका लागि अस्ट्रेलियाका डेवीट एक्सले आर्थिक र तास्मानियाका रोटरी क्लबहरूले संयोजन गर्दै आएको क्लबका पूर्व अध्यक्ष धिरज कार्कीले बताउनुभयो ।

क्लबले रोट्याक्ट क्लब अफ हेटौँडा र हेटौँडा सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा पौष २ गते, रौतहटको बृन्दावन १ र पौष ३ गते मकवनपुरको मकरी र, हाँडिखोलामा निःशुल्क आँखा शीविर गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*