‘सुँगुर’ को ‘मुटु’ मानिसमा पहिलो पटक प्रत्यारोपण , प्रत्यारोपण सफल

एजेन्सी । अमेरिकाको एक व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । आनुवंशिक रुपमा परिमार्जन गरिएको सुँगुरको मुटु अमेरिकाका डेविड बेनेट नाम गरेका व्यक्तिमा सफल प्रत्यारोपण गरिएको बीबीसीले जनाएको छ ।

सुगुँरको मुटु प्रत्यारोपण गरेर ती व्यक्ति संसारमा सुगुरको मुटु प्रत्यारोपण गर्ने पहिलो व्यक्ति बनेको छन् । चिकित्सकअनुसार बाल्टिमोरमा ७ घण्टा लगाएर ती व्यक्तिको सफल शैल्यक्रिया गरिएको थियो । मुटु प्रत्यारोपण गरिएको तीन दिन पछि ५७ वर्षीय बेनेटको स्वास्थ्यमा सुधार आएको छ । चिकित्सककाअनुसार प्रत्यारोपण बेनेटलाई बचाउने अन्तिम उपाय थियो । उनी भन्छन् ‘बेनेट कति समयसम्म बाच्छन् यो भन्न सकिने अवस्था छैन ।’

शैल्यक्रिया गर्नुभन्दा पहिले बेनेटले भनेका थिए ‘यो शैल्यक्रिया अध्यारोमा झटारो हान्नु जस्तै हो । तर मेरो लागी यो अन्तिम मौका हो ।’ बेनेटको यो सर्जरी नभएको भए उनको मृत्यु हुने थियो । यसैलाई आधार मानेर यूनिर्भसिटी अफ मेरील्यान्ड मेडकिल सेन्टरको चिकित्सकहरुलाई अमेरिकाको स्वास्थ्य नियामकले यस प्रक्रियामा विशेष छुट समेत दिएको थियो ।

मेडिकल टिमले अनुसन्धानको आधारमा प्रत्यारोपणको प्रक्रिया अघि बढाएको थियो । प्रत्यारोपणले विश्वका धेरै व्यक्तिको जीवन बचाउन सकिने आशा गरिएको छ । यूनिभर्सिटी अफ मेरिल्यान्ड स्कुल अफ मेडिसिनले शल्यचिकित्सक बार्टले पी ग्रिफिथलाई उद्दृत गर्दै एक विज्ञप्तिमा भनिएको छ ‘शैल्यक्रियाले विश्वलाई अंगको अभावको संकट समाधान गर्न एक कदम नजिक ल्याएको छ ।’

बीबीसीकाअनुसार प्रत्यारोपण नपाएर अमेरीकामा हरेक दिन करिब १७ जनाको मृत्यु हुने गरेको। छ, भने एक लाख भन्दा बढी मान्छेहरु प्रत्यारोपणको प्रतिक्षामा छन् । प्रत्यारोपणका लागी जनावरको अंगको प्रयोग गर्ने सम्भावना लामो समयदेखि खोजी भइरहेको थियो । यसलाई जेनोट्रान्सप्लानेसन भनिन्छ ।

यसअघि पनि न्यूर्योकमा अक्टुबर २०२१ मा सुँगुरको मृगौला प्रत्यारोपण गरिएको थियो । एक चिकित्सकले सफलतापुर्वक एक व्यक्तिमा सुँगुरको मृगौला प्रत्यारोपण समेत गरे । त्यतिवेला त्यसलाई सबैभन्दा उत्तम प्रयोग मानिएको थियो । तर ती व्यक्ति मस्तीष्क मृत्यु भएका कारण बाच्ने आशा गरिएको थिएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*