पाँचदेखि १२ वर्षका बालबालिकालाई आजबाट फाइजरको खोप लगाइदै

हेटौंडा । मकवानपुर सहित सात प्रदेशका २७ जिल्लाका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइने भएको छ।

पाँच वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई खोप लगाउन लागिएको हो । मकवानपुरमा ५ देखि १२ वर्षसम्मका ६१ हजार ७५ बालबालिकालाई कोरोनाभाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन लागिएको हो।

विद्यालयमा नै गएर बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । आजदेखि सुरु गरिने खोप अभियानमा जिल्लाभरका ३ सय ९० स्वास्थ्यकर्मी परिचालन हुने कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*